Prakash Adhikari April 12, 2020

वीरगञ्ज(पर्सा)भएको छ। वीरगञ्जमा उपचाररत तीन जना भारतीय नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुले यसको पुष्टी गरेको छ ।

नारायणी अस्पताल आइसोलेसन वार्डमा उपचाररत उनीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका बेला कोरोनाका लक्षणहरु देखिएको शंका भएपछि अस्पताल लगिएको थियो ।

संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ। तीनै जना भारतीय नागरिक रहेको बताइएको छ। उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको बताइएको छ।

तीनै जनाको थ्रोट स्वाव प्रदेशस्तरीय प्रयोगशाला हेटौंडामा परीक्षण गरिएको थियो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार परीक्षण भएका ३५ जनाको नमुना परीक्षणमा ३ जनाको पोजेटिभ देखिएपछि थप पुष्टि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

Share Now

Leave a comment.