Prakash Adhikari April 12, 2020

 

ढाका(बंगालादेश), ३० चैत्र(बीबीसी) । बङ्लादेशका स्वतन्त्रता नायक तथा संस्थापक राष्ट्रपति शेख मुजिबर रहमान हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ।

अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ।

मजिदलाई मङ्गलवार गिरफ्तार गरिएको थियो।

शेख मुजिबुर रहमानको हत्या गरेको अभियोग लागेका मजिद २५ वर्षदेखि फरार भएको बताइएको थियो।

सैन्य कू
वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान उनका परिवारका धेरैजसो सदस्यहरूसहित सन् १९७५ को सैन्य कूमा मारिएका थिए।

परिवार

शेख मुजिबुर रहमान परिवारसँग

बाङ्लादेशले पाकिस्तानबाट स्वतन्त्र बनेको चार वर्षमै बंगलादेशका संस्थापक राष्ट्रपतिको हत्या भएको थियो।

मजिद भने कू पछि पनि देशभित्रै बसेका रहेको बतान्छ। शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् १९९६ मा मात्र मजिद भारततिर भागेको विश्वास गरिन्छ।

शेख हसिनाको सरकारले उहाँका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९९८ मा मजिदसहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाएको थियो।

बाङ्लादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्‍याएपछि त्यस लगत्तै पाँचजना दोषी सावितहरूलाई फाँसी दिइएको थियो। गत महिना आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो।

Share Now

Leave a comment.