Prakash Adhikari April 16, 2020

मुम्बई(महाराष्ट्र,भारत), ४ बैशाख । भारतमा तीन हप्ताको लडडाउन सकिने दिन मुम्बईको बान्द्रामा हजारौ मानिस भेला भएको विषयले भारतभर चर्चा पाएको छ ।

मंगलबार अपरान्ह स्थानीय समयानुसार ३ : ३० देखि ४ बजेको समयमा मुम्बईको बान्द्रा स्टेशनमा हजारौं मजदुरहरु भेला भए । त्यहाँ रोजगारीको लागि विभिन्न राज्यबाट मुम्बईमा आएका मानिसहरु जम्मा भएका थिए, उनीहरु आआफ्नो घरमा जान चाहन्थे ।

भीड जम्मा भएको खबर पाउनासाथ मुम्बईको पुलिस त्यहाँ पुगेर लाठी चार्ज गरेर भीडलाई तितरबितर बनायो । स्टेशन खाली भयो । मजदूरहरु आआफ्नो वासस्थानमा फर्कन बाध्य भए ।

यस जमघटको कारण खोज्दा एक स्थानीय विनय दूबे नामका युवाले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोले यो स्थिति निम्त्याएको रहेछ । दूबेलाई आज़ाद मैदान पुलिस ने गिरफ्तार गरिसकेको छ ।

https://www.facebook.com/vinay.dubey.3701/videos/2977797422283503/

उत्तरभारत निवासीहरुको एक संगठनका अध्यक्ष बताउने विनयले आफ्नो फेसबुक पेजमा केन्द्र सरकार र राज्य सरकारहरुले विभिन्न राज्यमा फसेका विभिन्न राज्यका मजदूरहरुलाई संबन्धित राज्यहुँदै घर फर्कने बन्दोबस्त गर्नका लागि भारतमा पहिलो लकडाउनको समयावधि सकिएपछि केही समय ग्याप राखेर घरफर्कन दिनुपर्ने माग राख्दै यस्तो व्यवस्था नभएमा राज्यका आप्रवासी मजदूरहहरुलाई घरफर्काउन दवाव दिन १८ अप्रिलको दिन ठूलो र्याली निकालिने जानकारी दिनुभएको थियो ।

विनयले आफ्नो भिडिया पोष्टमा आफूले ४० वटा गाडीमा मजदूरहरुलाई घरफर्काउन राज्य र केन्द्र सरकारको अनुमति मागेको पनि बताउनुभएको थियो ।

विनयको पोष्ट करिब १ लाख ४९ हजार व्यक्तिले हेरेको देखिएको थियो भने १६ हजारपटक शेयर भएको थियो । ६ मिनेट २० सेकेण्ड लामो उक्त भिडियोमा यो सन्देश महाराष्ट्रमा फसेका र आफने घर फर्कन चाहने हरेक व्यक्तिसमक्ष पुर्याउन अनुरोध गरिएको थियो ।

आश्चर्यको कुरा यो छ कि घर फर्कने आशामा जम्मा भएका भनिएका उनीहरुसंग झोला, सुटकेश र सामानको कुनै भारी भने थिएन । बान्द्रा स्टेशनबाट भारतका विभिन्न राज्यमा जाने रेल पनि त्यति पाइदैन । तर पनि मान्छेहरु बान्द्रा स्टेशनमा झुम्मिए ।

महाराष्ट्रका नेशनल समाजवादी पार्टीका नेता तथा महाराष्ट्र सरकारका मन्त्री नवाब मल्लिकले भने यसमा स्थानीय टीभी च्यानल एवीपी माझटीवीको २.१२ मिनेट लामो भिडियोलाई जिम्मेवार ठान्नुभएको छ ।प्रहरीले च्यानलका रिपोर्टरलाई पनि हिराशतमा लिएको थियो । तर एबीपी रिपोर्टरले यो खबर टाइम्स अफ इण्डियाको समाचारबाट शेयर गरेको बताए जुन औरंगावादबाट प्रकाशित भएको थियो ।

दक्षिण केन्द्रीय रेल्वेका प्रमुखले आप्रवासी मजदूरलाई घरफिर्ता लैजान अलग अलग राज्यमा एक्सप्रेस रेल चलाउने प्रस्ताव जनसाधरणबाट आएको र आन्तरिक परामर्शमा सीमित रहेको सो प्रस्ताव रेल्वेको कमर्शियल विभागबाट लिक भएको बताउनुभएको छ ।

आंतरिक मेल

रेल्वे मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा संबोधन गर्ने वित्तिकै ३ मे सम्म कुनै पनि रेल नचलाउन निर्देशनसहित पत्राचार गरेको थियो ।

यस्तो स्थिति सुरतमा पनि देखिएको बताइएको छ ।

महाराष्ट्रका मन्त्री आदित्य ठाकरेले प्रवासी मजदूरहरुको व्यवस्थापन गर्न नसघाएको भन्दै केन्द्र सरकारको आलोचना गर्नुभएको छ । उहाँले बान्द्राको भीडभाड र सुरतको हिंसाको लागि केन्द्र सरकारलाई जिम्मेवार ठहर्याउनुभएको छ । महाराष्ट्रमा ६ लाख प्रवासी मज़दूर रहेको बताइन्छ । राज्य सरकारले उनीहरुसमक्ष खाना पानी तथा अन्य सामान पुर्याउने काम गरिरहेको छ तर मजदूरहरु आफ्नो घर फर्कन लालयित छन् ।

भारतमा कोरोना भाइरसका अधिक घटना महाराष्ट्रमा देखिएका छन् । स्वास्थ्य मंत्रालयका अनुसार राज्यमा कुलु २६७८ घटना सार्वजनिक भएका छन र यो संक्रमणमा परेर १ सय ७८ जनाले जीवन गुमाएका छन् । महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले भने राज्य सरकारलेआप्रवासी मज़दूरोका लागि खाने र बस्नेको समुचित प्रबन्ध गर्न नसकेर बान्द्राको नौवत आएको बताउनुभएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४ सय २३ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ५६ जना संक्रमित भएका छन् ।

Share Now

Leave a comment.