Prakash Adhikari July 20, 2020

 

काठमाडौं, ५ साउन । नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या करिब १८ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंग देशभर कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार २ सय १६ नमुना परीक्षण गर्दा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । भने यो अवधिमा १ सय ७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा भेटिएका संक्रमितमध्य सबैभन्दा धेरै ४६ जना बारामा थपिएका छन् । यस्तै डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीमा थप ६ / ६ जनामा संक्रमण देखिएको छ ।

यसै गरी पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४ / ४ जना, झापा र सल्यानका ३ / ३ जना, काठमाडौं, धनुषा, तनहुँ, र दैलेखका २ /२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीका एकएक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या १८ हजार निकट , सोमबार थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा अहिले सङ्क्रमण भएका कुल २२ हजार २ सय २८ जना आइसोलेशनमा बसेर उपचार गरिरहेका छन्।

नेपालमा गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


साउन ५ गते सोमवार अपराह्णसम्मको तथ्याङ्क

  • १७,८४४ कुल सङ्क्रमण
  • १७३ विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,२१६
  • सक्रिय सङ्क्रमित ५,९३६
  • देशभरि क्वारन्टीनमा २२,२२८
  • अहिलेसम्म निको ११,८६८

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

 

सात जिल्ला सङ्क्रमणमुक्त 

नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भए पनि अहिले सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ। ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन्।

सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।

प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ २ हजार ४ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १ हजार ९ सय ३३ जना रहेका छन्।

त्यस्तै प्रदेश नं १ मा ९३, वागमतीमा ३ सय ९९, गण्डकीमा ३ सय ८४, प्रदेश नं ५ मा ४ सय १० र कर्णाली प्रदेशमा २ सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

Share Now

Leave a comment.