Prakash Adhikari July 22, 2020

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ लागू गरेको छ । राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार विशेषगरी कर्जालाई ३ वर्गमा विभाजन गरी पुनरकर्जाको सुविधा दिने भएको छ । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा भनेर सुविधा पाउने क्षेत्रहरु निर्धारण गरेको छ । उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँ सम्मको कर्जामा प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिने छ ।

यस्तो पुनरकर्जा राष्ट्रबैंकले २% मा उपलब्ध गराउनेछ भने बैंकहरूले ५ प्रतिशतमा लगानी गर्नुपर्ने हुन्छ । राष्ट्र बैकले पुनरकर्जाको सीमा बढीमा २० करोड तोकेको छ भने अविध १ वर्ष हुनेछ । एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा १ वर्षको हुनेछ । यस्तो कर्जा नवीकरण नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कुल पुनरकर्जाको ७०% रकम बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट उपलब्ध गराउनेछ । बैंकहरुले नै प्रदान गर्ने व्यवस्था गरेको छ ।

यसरी प्रदान गरिने कर्जाको प्रतिव्यक्ति अधिकतम सीमा ५ करोड रुपैयाँ हुनेछ । कुल पुनरकर्जाको २०% रकम भने राष्ट्र बैंकले नै ग्राहक मूल्यांकन गरी उपलब्ध गराउने भएको छ । यस्तो कर्जाको अधिकतम सीमा २० अर्ब हुनेछ । कुल पुनरकर्जाको १०% भने लघुवित्त वित्तिय संस्थामार्फत प्रदान गरिने राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा उपलब्ध गराएपछि बैंकहरूले प्रदान गर्ने पुनरकर्जा उनीहरुको प्रत्येक शाखाले ५ वटा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

केन्द्रीय बैंकले जारी गरेको पुनरकर्जा कार्यविधिमा ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जा पुनरकर्जाको लागि अयोग्य हुने उल्लेख गरेको छ । तर पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटीमा २०% वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले पनि पुनरकर्जा सुविधा उपयोग गर्न पाउने छैनन् । चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग, व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग, व्यवसायले पनि पुनरकर्जा सुविधा नपाउने राष्ट्र बैंकको भनाई छ ।

कार्यविधिको पूर्ण पाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७

Share Now

Leave a comment.