काठमाडौं, २ भाद्र । रिलायन्स लाइफ इन्सुरेन्सले ६३ करोड रुपैयाँको आइपीओ बिहीबार गतेबाट बिक्री खुला हुँदैछ ।
कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार सामुहिक लगानी कोषलाई र समान ५ प्रतिशत अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
रिलायन्सको आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ ।
आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसत रहेको संकेत गर्दछ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने जनाउँछ ।
रिलायन्स लाईफको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ। आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
हाल रिलायन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।


















