नयादिल्ली(भारत), ७ भाद्र(एजेन्सी) । कोरोनाको उपचार गराइरहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
राजधानी नयाँ दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा एक साताअघिदेखि उहाँको अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
एक सातादेखिको उपचारले पनि ८४ वर्षीय मुखर्जीको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन ल्याउन नसकेको चिकित्सकहरुले बताएका छन्।
स्वासप्रश्वासमा समस्या देखिएपछि यही अगस्ट १० तारिखका दिन उनलाई अस्पताल भर्ना गरिएको थियो। उनमा कोरोना संक्रमणसमेत देखिएको चिकित्सकहरुले बताएका छन्।


















