Prakash Adhikari August 23, 2020

 

काठमाडौं, ७ भाद्र । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण थप ३ जनाले जीवन गुमाएका छन् भने थप ८ सय १८ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यो वृद्धिसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

अहिले नेपालमा १३ हजार १ सय ५५ जनामा सक्रिय सङ्क्रमण देखिएको प्रवक्ता डा.गौतमले बताउनुभयो ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १ सय ६६ जना काठमाडौं उपत्यकाका हुन्।

अहिलेसम्म १८ हजार ६ सय ३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरस
नेपालमा अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १ हजार १६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी सरकारले भदौ ५ गते ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८ र साउन ३२ गते ६ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

परीक्षणको स्थिति
विगत २४ घण्टामा ८ हजार भन्दाबढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। तर चारवटा अस्पतालले सङ्क्रमण देखिएका परीक्षणको मात्र सङ्ख्या उल्लेख गरेर विवरण गराएकाले कुल सङ्ख्या स्पष्ट हुन नसकेको डा. गौतमले बताउनुभयो।

सो अवधिमा २ सय ८१ जना भाइरसमुक्त प्रमाणित भएको मन्त्रालयले उल्लेख गरेको छ।

Coronavirus daily growth

अहिले देशभरि क्वारेन्टाइनमा ११ हजार ७ सय १४ जना निगरानीमा रहेका छन्। (बीबीसीबाट)

Share Now

Leave a comment.