Prakash Adhikari October 9, 2020

काठमाडौँ,२३ असोज । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज आजदेखि २५ सम्म हुने भएको छ ।

पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको सङ्घले जानकारी दिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्नुहुने सङ्घले जनाएको छ ।

सङ्घका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपाल बाहिर रहनुभएको विज्ञको सहभागिता रहनेछ । सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव एवं सम्मेलन संयोजक डा.हेमराज शर्माले जानकारी दिनुभयो ।

यो सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुनेछ भनेै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा डा. विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी, डा. द्रोण रसाइली र डा. पुरु श्रेष्ठको संयोजनमा ‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टर’ तथा डा. राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यस्तै, डा. जगदीश तिमल्सिनाको संयोजनमा ‘एग्रिकल्चर एण्ड फुड सेक्युरिटी’, डा. देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकल टेक्नोलोजिस, रञ्जित महतो र अनलराज भट्टराईको संयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा. ज्ञानेन्द्रप्रसाद जोशी र लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन’, डा. ज्ञानेन्द्रप्रसाद जोशीको संयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा. राजु अधिकारी र डा. रामेश्वर अधिकारीको संयोजनमा ‘इनोभेसन एण्ड स्टारटप्स, डा. तारा सिग्देल र डा. नारायण अधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा द्रोण रसाइली र डा. अर्चना अमात्यको संयोजनमा ‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा. सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा. कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज, डा. विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’ डा गोपी उप्रेती र डा. पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट, डा. अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा. उत्तम गौली र डा. उमा प्रधानको संयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा आफ्ना अवधारणापत्र प्रस्तुत गर्नुहुनेछ ।

 

सम्मेलनको संयोजक डा. हेम राज शर्मा ( महासचिव एनआरएनए ) र सहसंयोजक डा. हरि प्रसाद दाहाल एनआरएनए आइसीसी सदस्य ) रहनुभएको छ  । सम्मेलन आयोजनाका लागि विभिन्न सल्लाहकार सम्मिलित समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा डा. अम्बिका अधिकारी, (एरिजोना अमेरिका), नीति अनुसन्धान संस्थान नेपालका कार्यकारी प्रमुख डा. विष्णु उप्रेती, प्रोफेसर डेबिड जेलनर (युर्निभसिर्टी अफ अक्फोर्ड, यूके ), डा. धर्मकान्त बास्कोटा (त्रिभुवन विश्वविद्यालयका उप कुलपति), डा. द्रोण रसाइली (ब्रिटिश कोलम्बिया, प्रोभेन्सियल हेल्थ सर्भिसेज् अर्थोरिटी, क्यानडा ), गणेश शाह, पूर्व वातावरण विज्ञान तथा प्रविधि मन्त्री नेपाल ), प्रोफेसर गणेशमान गुरुङ ( कुलपति गण्डकी विश्वविद्यालय नेपाल), प्रोफेसर जोना पयाफ् सार्नेक्का (बीलेफेल्ड युर्निभसिर्टी जर्मनी ), महाबीर पुन (कार्यकारी प्रमुख राष्ट्रिय अविष्कार केन्द्र) प्रोफेसर माइकल हर्ट् (लण्डन विश्वविद्यालय यूके), नरेश कोइराला( नेपाल लाब्रेरी फाउण्डेशन, क्यानडा), डा. प्रमोद ढकाल (एनआरएनए एकेडेमी नेपाल), डा. पुरु श्रेष्ठ (कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ अमेरिका ), प्रोफेसर पुष्पराज कँडेल ( उपाध्यक्ष, राष्ट्रिय योजना आयोग) डा. राजु अधिकारी (रोयल मेलवर्न इन्टिच्यूट अफ टेक्लोलोजी युर्निभसिर्टी, अष्ट्रेलिया), प्रोफेसर रामकण्ठ माकाजू (उप कुलपति, काठमाडौं युर्निभर्सिटी नेपाल), डा. सन्दुक रुइत (सह संस्थापक, हिमालयन क्याटर्याक्ट प्रोजेक्ट, नेपाल) डा. सञ्जय शर्मा ( सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय), प्रोफेसर शोभाकर ढकाल (एसिन इस्टिच्यूट अफ टेक्नोलोजी, थाइल्याण्ड) डा. सुनिल बाबु श्रेष्ठ, उपकुलपति, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी), डा. स्वर्णिम वाग्ले( कार्यकारी प्रमुख, इन्टिच्यूट फर इन्टिग्रटेट, डेभलप्मेन्ट स्टडिज) डा. उषा झा (सदस्य, राष्ट्रिय योजना आयोग) रहनुभएको छ  ।

Share Now

Leave a comment.