Prakash Adhikari October 16, 2020

 

वाशिंटन डी. सी.(संयुक्त राज्य अमेरिका), ३० असोज(बीबीसी) । अमेरिकामा रिपब्लिकन दलका सिनेटरहरूले डेमोक्र्याटिक दलका राष्ट्रपति उम्मेदवार जो बाइडनप्रति आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्नबाट रोक्ने निर्णयलाई लिएर ट्विटरका प्रमुख ज्याक डोर्सीलाई केरकार गर्ने बताएका छन्।

बुधवार ट्विटरले मानिसहरूलाई न्यूयोर्क पोस्टको लेख राख्न रोकेको थियो जसमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू थिए।

सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्ड्से ग्राहमले अर्को साता डोर्सीलाई सोधपुछका निम्ति डाक्न मतदान गरिनेछ।

अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले ट्विटरको कदमलाई निर्वाचनमा हस्तक्षेपको सङ्ज्ञा दिएका छन्।

सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्कनेलले भन्नुभएको छ, ‘यदि तपाइँ सूचनालाई छानेर दबाउनुहुन्छ भने त्यो सेन्सरशीप हो। यो देशमा हामीले सदा विचारहरूको प्रतिस्पर्धालाई प्रोत्साहन गरेका छौँ। सबै विचार राम्रा नहोलान् तर त्यो सार्वजनिक बहसबाट काँटछाँट हुन्छ। सूचनाको पहुँचमा रोक लगाउनु हुँदैन।’

अमेरिकामा चुनाव आउन अब १९ दिन मात्र बाँकी छ।

के भन्छ ट्विटर ?

ट्विटरले चाहिँ ती रिपोर्टमा ह्याक गरिएका सामग्री तथा निजी जानकारी रहेकाले उसको नियम तोडिने हुनाले ट्वीटरमा प्रकाशन गर्न रोकिएको जनाएको छ।

सो लेखमा जो बाइडनका छोरा हन्टर बाइडनले पठाउनुभएका तथा प्राप्त गर्नुभएका इमेलहरूका स्क्रीनशट रहेका छन्। तिनमा हन्टर बाइडनका व्यक्तिगत फोटोहरू पनि छन् जुन उहाँले ल्यापटप मर्मत गर्न दिँदा झिकिएको ठानिएको छ।

त्यो लेखको केन्द्रमा सन् २०१५ को एप्रिलमा युक्रेनको ऊर्जा कम्पनीका एक सल्लाहकारले हन्टरलाई पठाएको इमेल रहेको छ जसमा उनले जो बाइडनलाई भेट्न वाशिङ्गटन आउन निम्तो गरेकोमा हन्टरलाई धन्यवाद दिएका छन्।

तर सो लेखमा उक्त बैठक पछि साँच्चिकै भयो वा भएन भन्ने खुलाइएको छैन।

ट्विटरका प्रमुख डोर्सीले आफ्नो संस्थाको निर्णय अलि राम्रो ढङ्गले बुझाइनुपर्थ्यो भनेर स्वीकार गर्नुभएको छ।

बाइडनबारेको विवादास्पद लेखसम्बन्धी ट्विटरले अपनाएको नीतिलाई राम्ररी बुझाउन नसक्नु अस्वीकार्य भएको उहाँले बताउनुभएको छ।

ट्विटर
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
बुधवार ट्विटरले मानिसहरूलाई उक्त न्यूयोर्क पोस्टको लेखसम्बन्धी लिङ्कहरू पोस्ट गर्न दिएको थिएन। लिङ्कमा क्लिक गर्न खोज्नेहरूलाई त्यसभित्र ुसम्भावित असुरक्षितु सामग्री रहेको भनेर सावधान गराइएको थियो।

पछिमात्र उसले त्यसभित्र ह्याक गरिएका सामग्री भएकाले रोकिएको भन्ने जबाफ दिएको थियो।

फेसबुकले पनि उसको न्यूजफीडमा सो रिपोर्टको वितरण सीमित पारिदिएको थियो।

तथ्य जाँच गर्ने तेस्रो पक्षलाई छानबिनको समय दिने ुस्वाभाविक प्रक्रियाु बमोजिम त्यसो गरिएको उसले बताएको थियो।

तर मूलधारका कुनै लोकप्रिय प्रकाशनका लेखलाई यसरी रोकिनु निकै असाधारण मानिएको छ।

यसले सामाजिक सञ्जालमाथि सेन्सरशीप तथा पक्षपातका आरोप लागेका छन्।

Share Now

Leave a comment.