
काठमाडौं, १६ पौष । यसबर्षको मिसेस तामाङ्ग २०२०को उपाधि आकृति तामाङले जित्न सफल हुनुभएको छ ।
एस.के. इन्टरटेनमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस तामाङ प्रतियोगितामा उहाँले ताज जित्न सफल हुनुभएको हो ।
त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिनाकुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्ली, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल हुनुभएको छ।
मिसेस तामाडंको उपाधि जित्न सफल हुनुभएकी आकृति तामाड.ले रु ५० हजारको पुरस्कार, प्रमाणपत्र, थुप्रै उपहारहरु प्राप्त गर्नुभएको छ । फस्र्ट,सेकेण्ड र थर्ड रनर अफलाई क्रमश २५ हजार ,१५ हजार र १० हजार रुपैया पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको थियो।