Prakash Adhikari January 24, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ११ माघ(एजेन्सीहरु) । अमेरिकाका प्रसिद्ध टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ ।

विश्वका शक्तिशाली नेताहरु, चर्चित सेलिब्रिटीदेखि सामान्य व्यक्तिसम्मका अन्तरवार्ता लिएर आधा शताब्दीसम्म चर्चामा रहेका सञ्चारकर्मी किङको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उहाँ ८७ वर्षको हुनुहुन्थ्यो।

उहाँको नाममा स्थापित ल्यारी किङ फाउन्डेसनले उहाँको उपचारका क्रममा निधन भएको मात्र बताएको छ। रोग र निधनको कारणबारे खुलाएको छैन।

तर सीएनएनले भने कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा उपचार गराइरहेको बताएको छ।

सीएनएनमा उहाँले प्रस्तुत गर्ने ल्यारी किङ लाइभ नामक टक शो निकै चर्चित थियो।

उहाँले ६ दशक भन्दाबढी समय विश्वका प्रमुख राजनीतिज्ञ, सेलिब्रिटी तथा न्युजमेकरहरु अन्तर्वार्ता गर्नुभएको थियो।

२५ वर्ष सीएनएनसँग आवद्ध रहनुभएका ल्यारी किंगले सन् २०१० मा री किङ लाइभबाट अवकाश लिनुभएको थियो।

 

Share Now

Leave a comment.