Prakash Adhikari February 14, 2021

 

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टीका बहुमत सदस्यहरुको प्रतिनिधित्व गर्ने प्रचण्ड(माधव समूहले प्रतिनिधि सभा विघटनविरुद्ध चोथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका  केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भटट्राईले विरोध कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको विरोध कार्यक्रममा फागुन ५ गतेदेखि २१ गतेसम्मका कार्यक्रमहरु समेटिएका छन् ।

फागुन ५ गतेदेखि सुरु हुने विरोध कार्यक्रम अन्तर्गत ६ गते काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम रहेको छ । पार्टीले फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीको आयोजनामा विरोध प्रदर्शन गर्ने, ७ गते सबै स्थानीय तहका वडामा विरोध प्रदर्शन गर्ने, ८ गते काठमाडौँमा बृहत अन्तक्रिया गर्ने, १२ गते चितवन र २१ गते दाङमा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपाको प्रचण्ड नेपाल समूहले यसअघि ३ चरणमा घोषणा गरेको आन्दोलनको कार्यक्रममा जनताको व्यापक सहभागिता रहेको र आन्दोलनको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको निष्कर्ष समेत निकालेको छ।

यसअघि नेकपाले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेको थियो।

यस्ता छन् संघर्षका कार्यक्रमहरुः

  • २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम।
  • २०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।
  • २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम।
  • २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम।
  • २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
  • २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम।
  • २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम।
  • २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।
  • २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा।
  • संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता।
  • २०७७ फागुन १४ गते काठमाडौंमा युवा ¥याली।
  • २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम।

 

Share Now

Leave a comment.