काठमाडौं, २४ माघ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
माघ २४ गते बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले ३२.५ प्रतिशत बोनस र सो को लागि आवश्यक पर्ने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले असार मसान्त सम्म कायम चुक्ता पुंजी ६१ करोड २ लाखको ३२.५ प्रतिशतका दरले हुन् आउने १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले १ सय ६० प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया समेत अगाडी बढाएको छ ।
उक्त प्रस्ताव धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेको छ ।
१ सय ६० प्रतिशत हकप्रदले समेत प्रस्तावित बोनस पाउने भएकाले कम्पनीको बोनस शेयर दर समायोजन भई १२।५ प्रतिशत कायम हुने कम्पनिले जनाएको छ ।
उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ६१ करोड २ लाख रहेकोमा प्रस्तावित बोनस र हकप्रद पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ७८ करोड पुग्ने छ ।
कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।