काठमाडौं, ८ साउन। नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ।
आज निर्धारित प्रधिििनधि सभाको बैठक अगावै सांसद रावलले सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रहको सम्मान गर्ने नाममा राजीनामा फिर्ता लिनुपर्ने अवस्था सिर्जना भएको बताउदै राजिनामा फिर्ता लिएका थिए ।
रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अगाडि राजीनामा दिनुभएको थियो ।
साउन २ गते आफूसमेत सम्मिलित १० सदस्यीय कार्यदलले पार्टीको संस्थागत निर्णय मान्ने सहमति गरेको तर नवनियुक्त प्रधानमन्त्रीलाई विश्वासको मत दिने समयमा आफ्नो पक्षका नेता माधवकुमार नेपालसहितका सांसदहरुले राष्ट्रपतिको आह्वान बमोजिम प्रधानमन्त्री चयनमा देउवालाई समर्थन गरेको र सर्वोच्च अदालतमा दिएको निवेदनमा पनि नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएकोले नैतिक हिसाबले उहाँको विपक्षमा जान नसक्ने बताएपछि रावल धर्मसंकटमा पर्नुभएको थियो ।
उहाँले पार्टीबाट निष्कासित पनि हुन नपर्ने र पार्टी एकताको लागि सांसद जस्तो लाभको पदत्याग गरेको सन्देश पनि जाने देखेर राजनीतिक खपतको लागि राजिनामाको घोषणा गर्नुभएको थियो ।
उहाँको राजिनामाको सूचना सभामुखले प्रतिनिधिसभाको बैठकमा बाचन गरेर सुनाइदिएको भए उहाँको सांसद पद चट् हुनेथियो ।
पार्टीभित्र क्षमादानको कुरा उठेको र विभाजनको खतरा टर्दै गएको देखेर मतदाता र पार्टी कार्यकर्ताको आग्रह अनुरुप राजिनामा फिर्ता लिनुभएका नेता रावलको अग्निपरीक्षा अझै समाप्त भएको छैन ।
अमेरिकासंग गरिएको एमसीसी संझौतासम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत हुँदैछ । उहाँ संझौतामा सुधार नभई अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा रहनुभएको छ ।
नेकपा एमालेले पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा डा. रावल र तात्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको एक अध्ययन कार्यदल बनाएको थियो । सो कार्यदलले यथाअवस्थामा सो संझौता कार्यान्वयन गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन दिएको छ ।


















