काठमाडौं, १ भाद्र । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५ सय सय ६५ पिसिआर परीक्षणमा २ हजार ४ सय ५६ र छ हजार १ सय २४ एन्टिजेन परीक्षणमा ८ सय १८ गरी जम्मा ३ हजार २ सय ७४ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८ सय ३३ रहेको छ । पछिल्लो समय थप १ हजार ९ सय २९ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ । निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३६ हजार ५ सय ७५ होम आइसोलेसन, तीन हजार २ सय ९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७ सय ९० जना आइसियु र १ सय ९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८ सय ७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४ सय १५ रहेको छ ।
थप २७ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय ५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय एक लाख ४४ हजार ५२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।


















