Prakash Adhikari November 8, 2021

विराटनगर (मोरड.), २२ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गर्नुभएको छ ।

एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको उपस्थिति थियो ।

Share Now

Leave a comment.