Prakash Adhikari August 23, 2026
काठमाडौँ, ७ भदौः स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु २ हजार ८ सयले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १९ हजार ५ सय कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ९ सय ७५ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १६ हजार ७ सय र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु ४ हजार ९ सय ८५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४  हजार ६ सय २३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Share Now