काठमाडौं, १ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले आज साँझ गर्नुभएको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेला भएकाले स्तरोन्नतिका लागि सरकारको तर्फबाट सक्दो सहयोग गने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुष्पराज पन्तका अनुसार सङ्घको निमन्त्रणामा महासङ्घका अध्यक्ष उमरसहित छ सदस्यीय टोली नेपाल आउनुभएको हो । भेटका क्रममा महासङ्घका अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्नसक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उमरको टोली तीन दिनसम्म नेपालमा रहने छ ।
आइबाका अध्यक्ष उमर काठमाडौँमा
अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो ।
अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गर्नुभयो ।
आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
–––


















