Prakash Adhikari April 25, 2022

पल कर्बी/बीबीसी
पेरिस(फ्रान्स), १२ बैशाख । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति निर्वाचित हुनुभएको छ।

यद्यपि माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल हुनुभयो।

माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ। त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो।

आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई ‘अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको’ बताउनुभएको छ।

प्रतिद्वन्दीको भनाइ

उहाँकी प्रतिद्वन्दी ल पेनले पराजित भए पनि आफूले पाएको मतले जितेको बताउनुभएको थियो।

उहाँले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्‍यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो।

तर पेका उग्रदक्षिणपन्थी प्रतिस्पर्धी एरिक जेम्डुरले ल पेन पनि उनका पिताजस्तै असफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ल पेनको नामले हारेको यो आठौँ पटक हो।’

आफ्नो विजयपछिको मन्तव्यमा माक्रोँले ‘उग्रदक्षिणपन्थीलाई मतदान गर्ने निर्णय गर्ने देशवासीको आक्रोश र असहमतिलाई पत्ता लगाउनैपर्ने’ बताउनुभएको छ।

उहाँले त्यो काम अब आफू र आफू वरपरका व्यक्तिहरूको भएको पनि बताउनुभयो।

युरोपेली नेतालाई राहत

माक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत भएको छ।

उग्रदक्षिणपन्थी उम्मेद्वारले शृङ्खलाबद्ध रूपमा युरोपेली सङ्घ ईयू विरोधी नीतिहरूको वकालत गरिरहेकाले उहाँको विजयले उनीहरूलाई राहत मिलेको हो।

‘फ्रान्स र युरोप सङ्सँगै अघि बढ्नेछ’, युरोपेली आयोगकी अध्यक्ष उर्जोला फोन्डेर लायनले भन्नुभएको छ।

यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले माक्रोँलाई बधाई दिनुभएको छ।

माक्रोँ

फ्रेन्च राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ।

त्यो भनेको राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो।

उक्त मतमा करिब ३० लाख खाली वा बदर मतपत्रहरू पनि समावेश छन्। त्यो भनेको तीन भोटमा एक भोट बराबर हो।

माक्रोँले मतदाताको छनोट नगर्ने निर्णयको आफ्नो सरकारले जवाफ दिनुपर्ने बताउनुभएको छ ।

Share Now

Leave a comment.