Prakash Adhikari June 4, 2022

 

काठमाडौं,२१ जेठ । आईसीसी यू १९ टी २० महिला विश्वकपको एसिया छनोटमा नेपाली चेली यूएईसामु निरिह भएका छन् ।

मलेसियामा भैरहेको आफ्नो दोस्रो खेलमा नेपाली चेलीहरु युएईसंग १० विकेटले पराजित भए ।

पहिले ब्याटिड. गरेको नेपालले ब्याटिड.मा सामान्य प्रदर्शन पनि गर्न सकेन । २० ओभरको खेलमा ब्याटिङ कमजोर बन्दा नेपाल ८ रनमै अलआउट भएको थियो ।

९ रनको लक्ष्य यूएईले १/१ ओभर खेल्दै विकेटको क्षति बिना पूरा गर्‍यो ।

यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो ।

नेपालकी स्नेहा महराले ३ रन बनाइन् । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

Share Now

Leave a comment.