काठमाडौं, ७ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा ४ सय ७३ सदस्य मनोनीत गरेको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गठित उपसमितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा कांग्रेसको निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिको सहसंयोजकमा शुभराम बस्नेत, (सोलुखुम्बु), सदस्य सचिवमा मनिष जोशी(कांठमाडौ), सचिवमा शेरोम कार्की (झापा) रहनुभएको छ । त्यस्तै मिडिया संयोजक निरुपमध्वज कार्की (काठमाडौं), प्रदेश १ संयोजकमा किशोर राई उपसंयोजकमा बसन्त अर्याल, मधेश प्रदेशको संयोजकमा दिपन्द« यादब र सहसंयोजक रामचन्द्र लामा, बागमती प्रदेश संयोजकमा कृष्ण मुरारी गुरुङ्ग र उपसंयोजकमा बिजय धले, गण्डकी प्रदेश संयोजकमा रत्नकुमार श्रेष्ठ र सहसंयोजक मिलन गुरुङ्ग, कर्णाली प्रदेश संयोजकमा भरत बुढथापा, उपत्यका संयोजकमा शिक्षित पराजुली र सहसंयोजक राजुबिक्रम थापा रहनुभएको छ।



















