Prakash Adhikari November 21, 2022

जोमसोम(मुस्ताङ), ५ मंसिर । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका नाम्डु गुरुङ विजयी हुनुभएको छ।

उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाउनुभयो ।

विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद हुनुुहुन्थ्यो । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

प्रतिनिधि सभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भईसक्नुभएको छ ।

Share Now

Leave a comment.