Prakash Adhikari November 21, 2022

पोखरा(कास्की), ५ मंसिर । प्रतिनिधि सभाको निर्वाचनको पहिलो घोषित परिणाम नेपाली कांग्रेसका पक्षमा गएको छ ।

मुस्ताड.बाट नेपाली कांग्रेसका उम्मेद्वार योगेश गौचन प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

योगेशले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले पराजित गर्नुभएको छ । पर्यटकीय गन्तव्यका रूपमा चिनिएको मुस्ताङका मतदाता मुस्ताङमा भन्दा पोखरा र काठमाडौंमा छरिएका छन् । यहाँको कुल जनसंख्या नै ११ हजार ५ सय ९३ मात्रै छ ।

यसपटकको चुनावमा यहाँ १० हजार ९ सय ५७ मतदाता थिए । त्यसमध्ये २९ वर्षको उमेरमै सांसद निर्वाचित भएका गौचनले ३ हजार ९ सय ९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाउनुभएको छ।

 

Share Now

Leave a comment.