Prakash Adhikari November 21, 2022

जोमसोम(मुस्ताड.), ५ मंसिर। मुस्ताङको प्रदेश सभा (ख) को परिणाम पनि नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा गएको छ ।

सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।

शेरचनले २ हजार ७ सय २३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५ सय ६५ मत पाउनुभयो ।

विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिनुभएको हो ।

योसँगै मुस्ताङमा नेपाली कांग्रेसले क्लिन स्वीप गरिदिएको छ ।

मुस्ताड.को एक प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित हुनुभएको छ । प्रदेशसभा (क) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भैसक्नुभएको छ ।

 

 

 

Share Now

Leave a comment.