भरतपुर(चितवन), ५ मंसिर । चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा तर्फको मतगणनामा नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले अग्रता कायमै राख्नुभएको छ । ३ हजार मतगणना गर्दा डा. पौडेलले १०६७ मत ल्याउनुभएको छ ।
दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ९४४ मत ल्याउनुभएको छ । नेकपा एमालेका सुरेन्द्र पाण्डेले ७३३ मत ल्याउनुभएको छ ।
चितवन २ मा हालसम्म एमाले अगाडि
चितवन निर्वाचन क्षेत्र नं २ मा हालसमम्म नेकपा एमालेका कृष्णभक्त पोख्रेल अगाडि हुनुहुन्छ । उहाँले ६ सय ८४ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४ सय ४९ मत पाउनुभएको छ । यस्तै नेपाल स्वतन्त्र पार्टीका रवि लामिछानेले १ सय १३ मत पाउनुभएको छ ।
चितवन ३ मा कांग्रेसका बागीलाई सुरुवाती अग्रता
चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई सुरुवाती अग्रता मिलेको छ।
नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले २ सय ९६ मत पाउदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेले २ सय ६५ मत ल्याउनुभएको छ
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २ सय ५६ मत ल्याउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २ सय ४६ मत ।


















