बेसीशहर (लमजुड.), ५ मंसिर । लमजुड. जिल्लाको प्रतिनिधि सभाको मतगणनामा मतगणनामा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अगाडि देखिनुभएको छ ।
एक सिटमात्रै रहेको लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बाले २ हजार ५ सय ८ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएका माओवादीका देव गुरुङले २ हजार ८७ मत ल्याउनुभएको छ।
एमालेको पकड रहेको क्लोलोसोथार गाउँपालिका र सत्तागठबन्धनको पकड रहेको दूधपोखरी गाउँपालिकाबाट मतगणना सुरु भएको हो।
यसमध्ये स्थानीय तह निर्वाचनमा क्लोलोसोथार गाउँपालिकामा सम्पूर्ण सिटमा एमालेले ‘क्लिन स्वीप’ गरेको थियो।
माओवादी महासचिव गुरुङ २०७४ को निर्वाचनमा वाम गठबन्धनको उम्मेदवार बनेर लमजुङबाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो।
एमाले उपमहासचिव गुरुङ भने लमजुङ ‘ख’ बाट निर्वाचित भई गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्नुभएको थियो ।


















