चामे(मनाड.), ५ मंसिर। हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो ।
कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउनुभएको छ भनेएमालेका गुरुङले २ हजार २ सय ४७ मत ।
हयसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसक्नुभएको छह । यस्तै, प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भैसक्नुभएको छ ।
मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको हो ।
मनाड. जितेको बेला कांग्रेस सधैंं देशभर पहिलो पार्टी बन्दै आएको छ ।


















