Prakash Adhikari November 21, 2022

काठमाडौं, ५ मंसिर। ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित हुनुभएको छ ।

सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

एमालेका महर्जनले १९ हजार ८ सय ३४ मत पाउनुभएको छ भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो हुनुभएको छ।

निवर्तमान सांसद महर्जनले ९ हजार ५ सय ३९ मत पाउनुभएको छ ।

 

Share Now

Leave a comment.