Prakash Adhikari November 23, 2022

 

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभाको सदस्य पदको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित निकालेको छ भने चार स्थानमा अग्रता लिएको छ।

सो पार्टीका तर्फबाट बाँके २ मा धवलशमशेर राणा २९ हजार ५ सय ७७ मत सहित विजयी हुनुभएको छ।

नवलपरासी बर्दघाट पश्चिम २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले १५ हजार ८ सय ९० मतसहित अग्रता लिनुभएको छ। त्यहाँ कांग्रेसका देवेन्द्रराज कँडेलले ८ हजार ३ य ३९ मतसहित पछ्याइरहनुभएको छ।

जुम्लामा ज्ञानेन्द्र शाहीले १६ हजार १८ मतसहित अग्रता लिनुभएको छ। त्यहाँ माओवादीकी गोमा गौतमले ८ हजार ९ सय ९० मत प्राप्त गर्नुभएको छ।

चितवन ३ मा राप्रपाकै विक्रम पाण्डेले १५ हजार १ सय ५३ मतसहित अग्रता लिनुभएको छ।

माओवादीका भोजराज अधिकारीले ८ हजार ३ सय ८० मत ल्याउनुभएको छ।

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन २१ हजार २ सय ८९ मत सहित अग्रस्थानमा हुनुहुन्छ। त्यहाँ कांग्रेसका कृष्ण सिटौला १८ हजार ४ सय ५२ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ।

Share Now

Leave a comment.