काठमाडौं, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी(ले बारा क्षेत्र नं २ जितेको छ भने ६ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
सार्वजनिक मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका कृष्णकुमार (किसान) श्रेष्ठ २९ हजार ५ सय ५ मत हासिल गरी बारा क्षेत्र नं ४ बाट विजयी बनिसक्नुभएको छ ।
एकीकृत समाजवादीले रौतहट १, धादिङ १, डोटी, सल्यान, दाङ १ मा अग्रता लिइरहेको छ।
रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५४ सय ४५ मत ल्याउनुभएको छ भने एमालेका अजयकुमार गुप्ताले ४८ सय ७३ ले पछ्यारहनुभएको छ।
धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ५ हजार ३ सय ७१ मतसहित अघि हुनुहुन्छ। एमालेका भूमिप्रसाद त्रिपाठीले ५ हजार १ सय ८८ मत ल्याउनुभएको छ।
दाङ १ मा समाजवादीका मेटमणि चौधरीले अग्रता लिनुभएको छ। उहाँले २०३६ मत ल्याउनुभएको छ एमालेकी शान्ता चौधरीले १३ सय १ मत ल्याउनुभएको छ।
सल्यानमा एकीकृत समाजवादीका उपमहाचिव प्रकाश ज्वालाले ८ हजार ९ सय ७ मत ल्याउनुभएको छ भने एमालेका राजेन्द्रवीर रायले २४ सय १८ मत ।
डोटीमा प्रेम आलेले १२ सय ६२ मतका साथ अग्रता लिनुभएको छ। एमालेकी गौरी वलीले ७सय ७४ मत ल्याउनुभएको छ।
१९ निर्वाचन क्षेत्रमा चुनाव लडेको एकीकृत समाजवादीले ललितपुर २ गुमाएको छ। त्यहाँ समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन पराजयको सामना गर्नुपर्यो।
समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम १ मा एमालेका महेश बस्नेतसँग पछि पर्नुभएको छ भने । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री गुल्मी २ मा एमालेका गोकर्ण बिष्टसँग पराजित भैसक्नुभएको छ ।


















