काठमाडौं, ८ कार्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजा नेपाली कांग्रेसका पक्षमा गएको छ ।
बिहिबार बिहानसम्मको निर्वाचन प्रवृत्ति हेर्दा नेपाली कांग्रेसले प्रत्यक्षमा २५ सीट जितिसकेको छ भने ३३ सीटमा अग्रता कायम गरेको छ । यो प्रवृत्ति कायम रहे उसले ५८ सीट जित्ने लक्षण देखाएको छ ।
यो प्रवृत्ति अनुसार समानुपातिकको मत आएमा उसले ३२ देखि ३५ सीट समानुपातिकबाट ल्याउने देखिन्छ ।
निर्वाचनमा गठबन्धनको अर्को साझेदारले नेकपा माओवादीले ६ सीट जितेको छ भने १२ सीटमा अग्रता कायम गरेको छ । त्यस्तै समाजवादीले ५ सीट जितेको छ भने ५ सीटमा अग्रता कायम गरेको छ । त्यस्तै लोकतान्त्रिक समाजवदीले १सीट जितेको छ भने २ सीटमा अग्रता लिएको छ । अन्य राष्ट्रिय जनमोर्चाले १ सीट जितिसकेको छ ।
यसरी हेर्दा गठबन्धनकै प्रत्यक्षमा ८७ सीट पुग्ने देखिन्छ । यसमा समानुपातिक तर्फका सीट थपिदा गठबन्धन बहुमतको नजिक पुग्दै ाछ । यसमा जनता समाजवादी पार्टी जसले १ सिट जितेको छ र ४ सीटमा अग्रता लिएको छ, राष्ट्रिय प्रजातन्त्र पार्टी जसले २ सिट जितेको छ र ३ सीटमा अग्रता लिएको छ सरकार निर्माणमा कांग्रेसको झण्डामुनि आउन सक्ने देखिन्छ ।
हुन त ४ सीट जितिसकेको र ५ सीटमा अग्रता कायम गरेर राष्ट्रिय पार्टी बन्दै समानुपातिक तर्फ पनि सदस्य थप्ने अवस्थामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि कांग्रेसको नेतृत्वमा सरकारमा आउने संभावना शून्य छैन ।
प्रमुख प्रतिपक्षको भूमिकामा फेरि पनि एमाले नै रहने लगभग निश्चित छ । एमालेले १४ सिट जिति सकेको छ भने २८ सीटमा अग्रता लिएको छ ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले १ सीट जितिसकेको छ भने अर्को एक सीटमा अग्रता लिएको छ । सि के राउतको राष्ट्रिय जनमत पार्टीले पनि तराईमा केही सिट जित्ने देखिएको छ ।
बिहानसम्म हेरौ, कुन पार्टीले कति सिट जितेः
नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा
नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव
राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी
लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १– गंगाराम चौधरी
स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी


















