Prakash Adhikari December 10, 2022

काठमाडौं, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका सांसदहरुको छनोट गरेको छ। समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त रास्वपाले १३ जना सांसद पाएको छ।

सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो।

स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल निशा डाँगी र विनिता कठायत चुनिएका छन्।

त्यस्तै शिव नेपाली, सन्तोष परियार, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम शाह छनोट भएका छन्।

Share Now

Leave a comment.