Prakash Adhikari December 10, 2022

काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा समानुपातिकतर्फका १४ सदस्यको टुंगो लगाएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्राप्त समानुपातिक तर्फको मतको अनुपातमा सो पार्टीले १४ जना सांसद पाएको थियो।

जसमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ महिला र २ पुरुषको नाम छनोट गनुभएको छ।

माओवादीबाट सांसद चुनिनेहरुमा आदिवासी जनतातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ हुनुहुन्छ।

खसआर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नरायणी शर्मा चयन हुनुभएको छ।

थारुतर्फ रुपा शोसी चौधरी चयन हुनुभएको छ भने दलिततर्फ रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी ।

त्यस्तै, मधेशीतर्फ मीना यादव र उमरावती देवी यादव चयन हुँदा मुस्लिमतर्फ कल्पना मियाँ छनोट हुनुभएको छ ।

Share Now

Leave a comment.