Prakash Adhikari December 10, 2022

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको विश्वास जित्न सफल ३४ जना सो पार्टीबाट समानुपातिक सांसद चयन भएका छन् ।

शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि पुग्थ्यो तर २२ जना पठाइएको छ ।

 

समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको एमालेले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बालाई प्रतिनिधि सभाको सांसद चुनेको छ ।

त्यस्तै, खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल सांसद चयन हुनुभएको छ।

थारु क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी चयन हुनुभएको छ भने दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्मा छानिनु भएको छ।

मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतराल लाजवंशी, बीनादेवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र मुस्लिमतर्फ सराज अहमद फारुखी निर्वाचित हुनुभएको छ ।

एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् :

आदिवासी जनजातितर्फ :

पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ : 

पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु :

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी : 

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :

सराज अहमद खान

Share Now

Leave a comment.