Prakash Adhikari December 10, 2022

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित हुने ३२ जना सांसदको टुंगो लगाएको छ ।

आज बिहान भएको कार्यसम्पादन समिति र अपरान्ह भएको पदाधिकारीको बैठकपछि कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली बाट निर्वाचित हुनुहुने ३२ जना सांसदको टुंगो लगाएको हो ।

नेपाली कांग्रेसले दिएको जानकारी अनुसार पार्टीले पुरुषतर्फबाट निर्वाचित हुने ३ सीटमा खस आर्यबाट पार्टी प्रवक्ता डा.प्रकाश शरण महत, दलितबाट सहमहामन्त्री जीवन परियार र मधेशी समुदायबाट पूर्व उपसभापति विमलेन्द्र निधिलाई चयन गरेको छ ।
नेपाली कांग्रेसबाट समानुपातिकमा निर्वाचित हुनुहुने प्रतिनिधि सांसदहरु यस प्रकार हुनुहुन्छः

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय
२. लीलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा शेरचन

खस आर्यतर्फ

१. अम्बिका बस्नेत
२. सरिता प्रसाईँ
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसीतर्फ

१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. सङ्गीता मण्डल
५. निनुकुमारी कर्ण

दलिततर्फ

१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

​थारुतर्फ

१. कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिमतर्फ

१. जावेदा खातुन जागा

पुरुष

१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत

Share Now

Leave a comment.