Prakash Adhikari December 11, 2022

 

काठमाडौं,२५ मंसिर । नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशसभामा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सांसदको संख्या टुंगो लगाएको छ ।

प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएको उसले प्रदेशसभामा गण्डकी बाहेक अन्यत्र समानुपातिक पद्धतिबाट सिट पाएको छ । जसमा प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेशमा रत्नेश्वर गोइत, किशोरी देवी र लक्ष्मी देवीलाई चयन गरेको छ ।

एकीकृत समाजवादीले बागमती प्रदेशममा मायादेवी शर्मा, ओमकुमारी श्रेष्ठ, लुम्बिनीमा भगवती अधिकारी, कर्णालीमा कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशमा माया पन्तलाई प्रदेशसभा सदस्यमा चयन गरेको महासचिव बेदुराम भूसालले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.