Prakash Adhikari December 11, 2022

काठमाडौं, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ।

आयोगले दिएको शनिबार दिउँसो ४ बजेसम्मको समयसीमा अघि कार्यसम्पादन समितिको बैठक बसेर राप्रपाले समानुपातिक सांसदको सूची फाइनल गरेको थियो।

समानुपातिक सांसदहरुमा पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित ७ जनालाई चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

समानुपातिक सांसदहरुको सूची राप्रपाले शनिबार अपरान्ह निर्वाचन आयोगमा पेश गरेको थियो।

प्रतिनिधिसभातर्फ राप्रपाका ७ जना समानुपातिक सांसदः
खसआर्य पुरुषतर्फ
पशुपतिशमशेर जबरा
खसआर्य महिलातर्फ
रोशन कार्की
गीता बस्नेत,

जनजाती पुरुषतर्फ
बुद्धिमान तामाङ
जनजाती महिलातर्फ
बीना लामा
मधेशी महिलातर्फ
बीना जयसवाल
दलित महिलातर्फ
अनिसा नेपाली

Share Now

Leave a comment.