कीर्तिपुर(काठमाडौं), ९ पौष । आजदेखि सुरु भएको नेपाल टी २० लिगको समुद्घाटन खेल काठमाडौं नाइट्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं नाइट्सले र पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो ।
पोखराले टस जितेर फिल्डिङ गरेको पोखरालाई काठमाडौं नाइट्सले १ सय ६३ रनको लक्ष्य दिएको थियो । तर १९ ओभरको खेलमा पोखराले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३६ रनमात्र जोड्न सक्यो ।
शरद भेसवाकरको कप्तानीमा रहेको पोखराका लागि उपुल थराड.गाले ४४, आशिफ शेखले २०, अभिमन्यु मिथुन र अमिर हाजमाले १८।१८,सिद्धान्त लोहनीले १३,आशिफ शेख र कुशल मल्लले ५।५ जोडे भने क्याप्टेन भेसवाकर ६रन र प्रतिश जी.सी. ३ रनमा अनआउट रहे ।
| BATTING | R | B | 4s | 6s | SR | ||||
|---|---|---|---|---|---|---|---|---|---|
| Upul Tharanga † | c Azmatullah Omarzai b Basir Ahamad | 44 | 34 | 6 | 0 | 129.41 | |||
| Aasif Sheikh | c Gautam b Bohara | 5 | 5 | 1 | 0 | 100.00 | |||
| Ameer Hamza | c Gautam b Kharel | 18 | 22 | 0 | 1 | 81.81 | |||
| Aarif Sheikh | c Gautam b Bohara | 20 | 20 | 2 | 0 | 100.00 | |||
| Kushal Malla | c Gautam b Basir Ahamad | 5 | 8 | 0 | 0 | 62.50 | |||
| Abhimanyu Mithun | c Blake b Bohara | 18 | 10 | 0 | 2 | 180.00 | |||
| Sharad Vesawkar (c) | not out | 6 | 6 | 0 | 0 | 100.00 | |||
| Siddhant Lohani | run out (Virandeep Singh) | 13 | 7 | 0 | 1 | 185.71 | |||
| Pratis GC | not out | 3 | 2 | 0 | 0 | 150.00 | |||
| Extras | (lb 2, w 2) | 4 | |||||||
| TOTAL | 19 Ov (RR: 7.15) | 136/7 | |||||||
|
Did not bat:
|
|||||||||
पोखरालाई रोक्न काठमाडौं नाइट्सका अविनास बोहोराले ३, वशिर अहमदले २ र अनिल खरेलले १ विकेट लिएका थिए ।
यस पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको ज्ञानेन्द्र मल्लको कप्तानी रहेको काठमाडौं नाइट्सका अजमातुल्लाह ओमारजाई ८५ रनमा नट आउट रहे भने सुमन गौतम २७ मा । खेलमा अलेक्स बेक्सले २१, भिरन्दीप सिंहले १०, सन्तोष कार्कीले ३ र लोकेश बमले रन जोडे । क्याप्टेन ज्ञानेन्द्र मल्लले खाता खोल्न पाएनन् ।
Kathmandu Knights (19 ovs maximum)
| BATTING | R | B | 4s | 6s | SR | |
|---|---|---|---|---|---|---|
| Santosh Karki † | b Pratis GC | 3 | 9 | 0 | 0 | 33.33 |
| Virandeep Singh | lbw b Dhakal | 10 | 15 | 0 | 0 | 66.66 |
| Gyanendra Malla (c) | b Pratis GC | 0 | 2 | 0 | 0 | 0.00 |
| Alex Blake | b Zahir Khan | 21 | 22 | 2 | 1 | 95.45 |
| Lokesh Bam | b Zahir Khan | 4 | 2 | 1 | 0 | 200.00 |
| Sunam Gautam | not out | 27 | 28 | 2 | 0 | 96.42 |
| Azmatullah Omarzai | not out | 85 | 42 | 3 | 7 | 202.38 |
| Extras | (b 1, nb 6, w 5) | 12 |
काठमाडौं नाइट्सलाई रोक्ने क्रममा पोखराका प्रतीश जीसी र जहिर खानले २ । २ तथा मौसम ढकालले १ विकेट लिए ।
अहिले दोस्रो खेल लुम्बिनी अल स्टार र फारवेष्ट युनाइटेडबीच भैरहेको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गर्नुभएको थियो । उहाँले खेलकुदको विकासमा यो राम्रो काम भएको बताउनुभयो ।
प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेताले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमशः १० र ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच प्रतिस्पर्धा हुनेछ ।
सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिइसकेको छ ।
क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई ८ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक ४ करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने क्यानले जानकारी दिएको छ ।


















