Prakash Adhikari September 12, 2026

क्वाललम्पुर(मलेसिया(, २७ भाद्र । एसीसी प्रिमियर लिग अन्तरगत आज भएको फाइनल खेलमा नेपालले प्रतिस्पर्धी युएईलाई ३ सय १४ रनको ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिड. रोजेको नेपालले निर्धारित ५०ओभरको खेलमा ९ विकेट गुमाउदै ३ सय १३ रन जोडेको थियो ।

नेपालका लागि आज ओपनर आशिफ शेखले सर्वाधिक बढी १ सय २ रन जोडे । उनले १ सय ६ बलमा ८ चौका र ४ छक्काको मद्दले सेञ्चुरी कटाए । उनले ३८ बलमा ५२ रन बनाए । ओपनिड. ब्याटर अर्जुनले पनि आज राम्रो खेले उनले ६३ बलमा ४३ रन बनाए । रोहित पौडेलले ४४ बलमा ४० रन बनाए । दीपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन बनाए । अर्जुन कुमाल बाहिरिएपछि ब्याटिड.मा आएका इशान पाण्डले १३ रन बनाए भने सन्दीप जोरा ७ रनमा बाहिरिए । करन के.सीले १ रनको खाता मात्र खोल्न भ्याए । क्याप्टेन सन्दीप लामिछाने खाता नखोली आउट भए भने बसिर अहमद १५ रन र ललितसिंह राजवंशी १ रनमा नटआउट रहे ।

आजको खेलमा नेपालको ब्याटिड.मा चमत्कारिक सुधार आएको छ । अब खेलको नतिजा बलिड.मा निर्भर रहने छ । शीर्षक्रमका ब्याटरहरुले राम्रो प्रदर्शन गरेकोले आज बलिड.मा रहने खेलाडीहरुलाई दबाब परेको छैन । यसैले बलिड. र फिल्डिड.मा पनि राम्रो हुने अनुमान छ ।

नेपाल एसीसी प्रिमियर कपको उपाधि नजिक पुगेको छ ।

Share Now