Prakash Adhikari December 24, 2022

 

कीर्तिपुर(काठमाडौं), ९ पौष । लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको हो ।

लुम्बिनीले दिएको १ सय ५३ रनको विजय लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो ।

फार वेस्टका लागि कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ तथा विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । फार वेष्टलाई रोक्न बलिङमा लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले ३, सागर ढकालले २ तथा प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । लुम्बिनीका लागि मिलान्थाले सर्वाधिक ६० रन बनाएका थिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ र गुलसन झाले २५ रन ।

बलिङमा फार वेस्टका उमर अलि र करन केसीले तीन । तीन विकेट लिए ।

आज सम्पन्न पहिलो खेलमा काठमाडौँ नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्यो।

पुस २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।

Share Now

Leave a comment.