काठमाडौं, १० पौष । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन १ सय ६६ जना सांसदले समर्थन जनाएका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले एमालेसहितका दलहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १ सय ६६ जनाको समर्थन भएको जनाउनुभयो ।
आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।
राष्ट्रपति ,उपराष्ट्रपति,सभामुख उपसभामुख र प्रदेश सरकारका बारेमा पछि छलफल हुने बताइएको छ ।


















