काठमाडौं, ३० पौष । नेपाल बैंक लिमिटेडको ६३ औं बार्षिक साधारण सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौँमा सम्पन्न भएको छ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८ । ७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
यसका साथै, सभामा आर्थिक वर्ष २०७७ । ७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७७र७८ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि साधरण सभामा छलफल गरी पारित भएको छ । साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८ । ७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताववहरू पनि पारित गरेको छ ।
नेपालको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेड आम नागरिकबीच अत्यन्त विश्वासिलो बैंकका रुपमा लोकप्रिय रहदै आएको छ ।


















