काठमाडौं, ३० पौष। बुद्ध एयरले माघ ६ गतेबाट काठमडौंबाट संखुवासभाको तुम्लिङटारमा एटीआर ७२ सिरिजको जहाजमार्फत उडान गर्ने भएको छ।
उसले हाल एटीआर ४२ सिरिजको जहाजमार्फत उडान गरिरहेको छ।
नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै एटीआर(७२ बाट उडान गर्न लागेको हो।
ठूलो जहाजमार्फत सेवा सुरु भएसँगै भाडादर सस्तिने कम्पनीका सुचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभएको छ।
एटीआर ४२ बाट उडान गर्दा अधिकतम एकतर्फी भाडादर ७ हजार ६ सय ९५ रुपैयाँ रहेकोमा अब सुरुवाती भाडादर ५ हजार ५ सय रुपैयाँ पर्ने उहाँको दाबी छ।
साताको ७ वटा उडान गर्दै आएको कम्पनीले एटीआर ७२ मार्फत प्रत्येक उडानमा सुरुमा ६५ जना यात्रुलाई सेवा दिने उहाँले बताउनुभयो।
गत वर्ष जेठमा कम्पनीले एटीआर ७२ मार्फत परीक्षण उडान गरेको थियो।


















