काठमाडौं, १९ माघ । तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल आज नेपाल आउँदै हुनुहुन्छ ।
उहाँ साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने समयतालिका छ ।
गृह मन्त्रालयको निमन्त्रणामा उहाँ नेपालको भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल भ्रमणको क्रममा मलेसियाका गृहमन्त्री इजमायलले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल लगायतसँग भेट गर्ने कार्यक्रम छ ।
उहाँको नेपाल भ्रमणको क्रममा श्रम सम्झौताका विषयमा समेत छलफल हुनेछ ।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो ।
सरकारले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू पुनरावलोकन गर्दै लैजाने नीति ल्याएको छ ।








