Prakash Adhikari March 5, 2023

धनगढी(कैलाली), २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाए पाउनुभएको छ ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गर्नुभएको छ।

सभामुखसहित ५३ सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन २७ मत आवश्यक थियो । तर मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

विश्वासको मतका विपक्षमा ११ मत परेको छ । एमालेका १० र एक जना राप्रपा सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

 

Share Now

Leave a comment.