दुबाई(संयुक्त राज्य अमेरिका), २१ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले युएर्ईलाई पाँच विकेटले पराजित गरेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २६.२ ओभरमा ९७ रनमा अल आउट भएको थियो ।
९८ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले सामान्य लक्ष्य ५० ओभरको निर्धारित खेल २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
पिएनजीको जितमा ओपनर टोनी उराले ३५ रन, चाद सोफरले८ रन, सेसे बाउले १८ रन,हिरीहिरीले १४, चाल्र्स अमिनिले ८ र किप्लिड. डोगिराले २ रनको योगदान गरे ।
पिएनजीलाई रोक्ने क्रममा स्पिनर रोहन मुस्तफाले दुई विकेट तथा आयन खान, जुनैद सिद्दिक र जहुर खानले एक एक विकेट लिए ।
युएईको कमजोर ब्याटिड.
नेपालको मार्गमा बाधक बन्दै आएको युएईलाई आइतबारको खेलमा घरेलु मैदानमा नै पपुवा न्युगिनीले ९७ रनमा अल आउट गरेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईलाई पपुवा न्युगिनीले ५० ओभरको खेलमा २६.२ ओभरमा ९७ रनमा अल आउट गरेको हो ।
खेलमा युएईका वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एक समय ७६–२ को अवस्थामा रहेपनि नाटकीय रुपमा विकेट पतन भएपछि युएई ९७ रनमा अल आउट भएको हो । युएईले पछिल्ला २१ रन जोड्दा आफ्ना ८ विकेट गुमाएको थियो ।
युएईले ओपनर आसिफ खानलाई ११ रनमा आठौं ओभरको तेस्रो बलमा गुमाएको थियो । आसिफ आउट हुँदा युएई २७.१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि मोहम्मद वासिम र वृत्य अरविन्दले २९ रनको साझेदारी गरेका थिए । आसिम ३६ बलमा २ चौकासहित १९ रनमा आउट भए । दुवै ओपनर तीव्र गतिका बलर चाद सोपरको बलमा एलबी डब्लू आउट भएका थिए ।
राइली हेकुरेको बलमा वृत्य अरविन्द ठूलो सट खेल्ने धुनमा १९ औं ओभरको चौथो बलमा टप एज लागेर मिडअनमा असाद भालाबाट २६ रनमा क्याच आउट भए । वृत्यले ३२ बलमा ४ चौका प्रहार गरे । त्यसअघिको बलमा वृत्यले डिप मिडविकेटमा उत्कृष्ट चौका प्रहार गरेका थिए ।
त्यसपछि युएईको विकेट पतन नाटकीय रुपमा भयो । स्पिनर चार्ल्स अमिनीको २० औं ओभरको तेस्रो बलमा रोहन मुस्तफा फस्ट स्लिपमा शून्यमा क्याच आउट भए । हेकुरेले अर्यान लर्कालाई शून्यमै बोल्ड आउट गरे । आयन खान अफ्जलसँग तालमेल नमिल्दा कप्तान रिपी रिजवान १० रनमा रन आउट भएपछि युएई संकटमा पुगेको थियो ।युएईका कार्तिक मयाप्पन ७, जहुर खान ९, जुनैद सिद्दिक शून्यमा आउट भए ।
युएईलाई रोक्ने क्रममा मध्य गतिका बलर राइली हाकुरेले आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै ४.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ५ विकेट लिए । चाद सोपरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।
लिग २ अन्तरगत स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ५ मा जित र २७ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।
लिग २ को युएई सिरिज अन्तरगत भोलि नेपाल र युएईबीच भिडन्त हुने भएको छ ।
पपुवा न्युगिनीले हराएको युएई पराजित मानसिकतामा हुने छ भने पपुवा न्युगिनीलाई पराजित गरी केही दिन बिश्राम पाएका नेपाली खेलाडीहरु उच्च मनोबलसहित मैदानमा उत्रिने छन् । यो खेल नेपालले जित्यो र नेपालमा हुने सबै खेलमा नेपाल विजयी बन्यो भने तेस्रो स्थानका लागि नेपाल र नामिबियाको अंक बराबरी हुने छ । विश्वकप खेल्ने टोलीको चयन रनरेटका आधारमा हुने छ ।


















