Prakash Adhikari March 6, 2023

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २२ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तरगत आज युएईविरुद्ध भएको खेलमा नेपालले युइएसामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिड. रोजेको नेपालले ५० ओभरको निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २९ रन जोड्न सक्यो ।

नेपालका लागि मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले ९९ बलमा ७ चौकाका मद्दतले ७० रन जोडे । भीमले आफ्नो एक दिवसीय खेल इतिहासमा पहिलो अर्धशतक बनाए ।

भीमको यो सिनियर टोलीमा पहिलो अर्धशतक हो । उनले ७८ बलमा आफ्नो सिनियर टोलीबाट कुनैपनि खेलमा पहिलो अर्धशतक पूरा गरे । भीमले जहुर खानलार्य थर्डम्यानमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए ।

एक समय १७.१ ओभरमा ६८.५ को अवस्थामा पुगेको नेपाललाई सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरे । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि आसिफ शेख ६ रनमा पेभिलिएन फर्केका थिए ।

ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । अर्का ओपनर आशिफ शेख ६ रनमै आउट भएका थिए ।

कप्तान रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो ।

यस पछि पनि नेपालको विकेट खस्ने क्रम रोकिएन ।

रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।

ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्लो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

लर्कानको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८–५ को अवस्थामा पुगेको थियो । दीपेन्द्रले ४ रन जोडे ।
आरिफ शेख ४३ रनमा नट आउट रहे ।

त्यसपछि नेपालले सन्दीपलाई ब्याटिङमा पठाएको थियो । खेलमा सन्दीप लामिछानेले ४० बलमा १ चौकाको मद्दतले २७ रन जोडे । सन्दीप पछि ब्याटिड. सम्हाल्न आएका करन के.सी. १७ रन बनाएर आउट भए । त्यसपछि ब्याटिड.मा उत्रेका प्रतिश जि.सी.ले ११ रनको योगदान दिए ।

यसरी मध्यमक्रममा ब्याट्सम्यान र बलरहरुको मद्दतले नेपाल सम्मानजनक २ सय २९ रन जोडन सफल भयो ।

नेपाललाई रोक्ने क्रममा युएईका जुनैद सिद्दकीले ३,रोहन मुस्तफाले र आर्यन लर्कानले २ । २ तथा कार्थिक मैयाप्पनले एक विकेट लिए ।

भाग्यले साथ दिएमा यो रन युएईलाई पराजित गर्न पर्याप्त छ । हिजो पपुवा न्युगिनीसंग भएको खेलमा युएई जम्मा ९७ रनमा समेटिएको थियो ।

Share Now

Leave a comment.