Prakash Adhikari March 6, 2023

दुवाई(संयुक्त अरब इमिरेट्स), २२ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तरगत आज भैरहेको खेलमा नेपालका बलर सोमपाल कामीले युएईको पहिलो विकेट लिएका छन् ।

उनले दोस्रो बलमै घरेलु टोलीका ओपनर मोहम्मद वासिमलाई शून्य रनमा आउट गरेका हुुन् ।

अहिले सोमपाल र करन के.सी. बलिड.मा उत्रिएका छन् ।

यस पहिले टस जितेर ब्याटिड. रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै २ सय २९ रन जोडेको थियो ।

२ सय ३० रनको लक्ष्य पाएको यूएई अहिले ब्याटिङमा उत्रिएको छ।

ओपनर र शीर्ष क्रमका ब्याट्सम्यान धराशायी हुँदा मध्यम र अन्तिम क्रमका ब्याट्सम्यानको भरमा नेपालले २ सय २९ रन जुटाएका थिए ।

युएईका ओपनर वासिम आउट भएपछि अहिले उनको स्थानमा असिफ खान र आर्यन लाक्रा क्रिजमा छन्।

चौथो ओभरको अन्त्यमा युएईले १ विकेटको क्षतिमा १३ रन जोडेको छ ।

 

Share Now

Leave a comment.