Prakash Adhikari March 10, 2023

दोहा(कतार), २६ फागुन । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लेजेन्ड्स क्रिकेट लिगमा परेका छन् । आजदेखि सुरु भएको खेलमा उनी एसिया लायन्सको प्लेइङ ११ मा परेका छन् । आज एशिया लायन्स र इण्डिया महाराजाबीच खेल हुँदै छ ।

दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडिमममा एसियाका कप्तान शाहिद अफ्रिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

पारसले पाकिस्तानका पूर्व सफल अलराउन्डर शाहिद अफ्रिदीको कप्तानीमा क्रिकेट खेल्नेछन् । पारसको टिममा अफ्रिदीसँगै मिस्बाह उल हक, श्रीलंका विष्फोटक ओपनर तिलकरत्ने दिलशान, तीव्र गतिका बलर अब्दुल रजाक जस्ता महान विश्वस्टारसँगै क्रिकेट खेल्ने छन् भने पारस भारतीय चर्चित ब्याटर गौतम गम्भीर, सुरेश रैना, हरभजनसिंह र मोहम्मद कैफ जस्ता खेलाडीविरुद्ध मैदान उत्रदैछन् ।

लेजेन्ड्स लिगमा पारसको डेब्यू खेल हो । उनको लागि यो दोस्रो विदेशी लिग समेत हो । पारसले यसअघि २०१९ मा टि १० लिग आबुधाबीबाट खेलेका थिए । टि१० पछि पारसले खेलेको यो दोस्रो विदेशी लिग समेत हो ।

एशिया लायन्स, इण्डिया महाराजा र वर्ल्ड जायन्टबीच हुने यो प्रतियोगिता फाइनल आगमी २० मार्चमा दोहामा हुनेछ । प्रतियोगितामा तीन टोली भएपनि विश्वभरका क्रिकेट स्टार खेलाडीहरुले खेल्नेछन् ।

एसियाको प्लेइङ ११मा तिलकरत्ने दिलसान, उपुल थरंगा, पारस खड्का, मिस्बाह उल हक, अस्गर अफगान, शाहिद अफ्रिदी(कप्तान), थिसरा परेरा, अब्दुर रजाक, सोहेल तनविर, अब्दुल रजाक र इसुरु उडाना छन् ।

त्यस्तै इन्डिया महाराजाकोको प्लेइङ ११ मा गौतम गम्भीर (कप्तान), रोविन उथप्पा, मुरली विजयी, सुरेश रैना, मोहम्मद कैफ, युसुफ पठान, स्टुअर्ट बिन्नी, इफरान पठान, हरभजन सिंह, अशोक डिन्डा र प्रविन ताम्बे रहेका छन् ।

Share Now

Leave a comment.